कांग्रेसमा सरकार ढाल्ने बारे आन्तरिक खटपट शुरु
माघ १२ । अब शेरबहादुर देउवा प्रधानमन्त्री होलान् भन्ने आश कांग्रेसीले नै मार्न छाडिसकेका छन् । पछिल्लो समय भारतीय चासो बढेसँगै नेपाल मामिलामा चीन आक्रामक भएर आएको छ । उसले आफ्नो प्रतिकूलतामा भएका सबै गतिविधिलाई नियाल्दै अविश्वासिला भए पनि पुष्पकमल दाहाललाई खबरदारी गर्न थालिसकेको छ। र, शेरबहादुरलाई रोक्नु पर्छ भन्नेमा अब प्रचण्ड नै लाग्ने अवस्था छ । कांग्रेस नेता नै भन्छन्, ‘शेरबहादुरजी चाहिनेभन्दा बढी भारत परस्त बने । ’
प्रधानमन्त्रीले यो साता संविधान संशोधन विधेयक र स्थानीय निर्वाचनबारे गरेको औपचारिक र अनौपचारिक छलफलमा कांग्रेससलाई छलफलमा कांग्रेसलाई उति महत्व नदिएबाट पनि बुझन सकिन्छ, कांग्रेसका लागि माओवादीसँगको सहयात्रा अबको दिनमा सहज छैन । देउवालाई संविधान संशोधन विधेयक टेबुलमात्रै भए हुने तर प्रचण्डलाई अगाडि नै बढ्दा आफ्नो पार्टीको धार्नी पूरा गर्न हम्म हम्मे पर्ने देखिएको छ । –जनआस्था साप्ताहिकबाट