गजलः मायाको ब्यापार गरेर


मुनामदनको नि मुटु छेडिन्थ्यो होला वारपार गरेर मान्छेहरु हिडेकाे देख्दा यो मायाको ब्यापार गरेर दिलमै बसेका मान्छेको पो भय हुन्छ त अचेल कति खेर हिडिदिन्छ त्यै दिलमा प्रहार गरेर माया नै अमर बनाएर गए उनीहरु त ऊ बेला पुग्दैन रै´छ अचेल त मात्र प्यार बेसुमार गरेर तर्केर हिड्नेहरु नि लालायित हुनेछ्न नजिक हुन बसेको छ यो माधब त्यही दिनको इन्तजार गरेर दिल टुटेकाे आवाज आउदैन साथी भन्दैछु म त्यसैले दिल लेऊ दिल देऊ तर विचार गरेर
माधब पौडेल बाँसगढि न.ग.पा.-८ बर्दिया /हाल :- कतार email : [email protected] गजल