राजनीति

महत गृहजिल्ला पुग्दा तनाव, ४७ राउन्ड गोली र ३ राउन्ड अश्रुग्यास प्रहार

महत गृहजिल्ला पुग्दा तनाव, ४७ राउन्ड गोली र ३ राउन्ड अश्रुग्यास प्रहार

माघ १३ । नुवाकोटको खानीगाउँ गाविसको ढिकुरेबजारमा बुधबार दिउँसो प्रहरी र स्थानीयबीच झडप हुँदा एक प्रहरीसहित आधादर्जन जति घाइते भएका छन् ।

स्थानीय तह पुनःसंरचनाप्रति असहमति जनाउँदै आएको समूहले नेपाली कांग्रेसका नेता डा। रामशरण महत सहभागी भएको कार्यक्रममा अवरोध पुर्‍याएपछि झडप भएको हो ।

दुई पक्षबीचको झडप रोक्नेक्रममा प्रहरीले झन्डै ५० राउन्ड रबरका गोली र दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो । रबरको गोली लागेर सूर्यमती गाउँ विकास समिति वडा नम्बर–२ का सुमन न्यौपाने र भरत गुणी घाइते भएका छन् । उनीहरुको शरीरबाट रबरका गोली भने निकालिएको छ ।

अश्रुग्यासका कारण विद्यालयभित्र रहेका थुप्रै विद्यार्थीहरु बेहोस भएका थिए । स्थिति तनावपूर्ण भएपछि अभिभावकहरु बालबालिका लिन विद्यालयसम्म जान पनि सकेका थिएनन् ।

प्रहरीले बल प्रयोग गर्दा पनि आन्दोलनकारी र महत पक्षबीच ढुंगा हानाहान भएको थियो । स्थानीय आन्दोलनकारीले लिखु गाउँपालिका हटाउन केन्द्रबाट भूमिका खेलेको आरोप डा. महतमाथि लगाएका छन् ।

Mahat

विशेष