राजनीति

चुनाव घोषणाको सर्तमा एमाले संशोधनमा लचक

चुनाव घोषणाको सर्तमा एमाले संशोधनमा लचक
माघ १३ । संविधान संशोधनको पुरक प्रस्ताव पारित गर्न प्रमुख प्रतिपक्षी एमाले लचिलो देखिएको छ । तर, त्यसनिम्ति पहिलो स्थानीय तह चुनावको मिति घोषणा हुनुपर्ने उसको सर्त छ । यसअघि ८ माघमा कांग्रेस, एमाले र माओवादी केन्द्रले १५ माघभित्र स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचनसँग जोडिएका कानुन पारित गरेर वैशाख अन्तिम साता स्थानीय तहको निर्वाचन गर्ने गरी मिति घोषणा गर्ने सैद्धान्तिक सहमति गरेका थिए । सो सहमति कार्यान्वयन हुँदा पुरक संशोधन प्रस्ताव पारित गर्न आफ्नो दल सकारात्मक बन्न सक्ने एमाले केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले बताए । नयाँ पत्रिका

KP Oli UML

विशेष