राजनीति

प्रचण्डका अंगरक्षकसहित ७० जनाले माओवादी केन्द्रीय समितिबाट राजीनामा दिए

प्रचण्डका अंगरक्षकसहित ७० जनाले माओवादी केन्द्रीय समितिबाट  राजीनामा दिए

माघ १३ । नेकपा माओवादी केन्द्रमा सिन्धुपाल्चोकबाट केन्द्रीय सदस्य बनेका ७० जनाले सामुहिक राजिनामा दिएका छन् । राजिनामा बुझाउनेमा जिल्ला इन्चार्ज कृष्णप्रसाद सापकोटा, प्रचण्डका पूर्वअंगरक्षक युवराज दुलाल शरद, पूर्वव्रिगेड कमाण्डर सरल पौडेल सहयात्रीलगायतका छन् ।


जिल्लामा आयोजित भेलामा उनीहरुले सामुहिक राजीनामाको घोषणा गरेका हुन् । सिन्धुपाल्चोकबाट केन्द्रको केन्द्रीय समितिमा रहेका अग्नीप्रसाद सापकोटा बाहेककाले राजीनामा दिएको बुझिएको छ । केन्द्रको कार्यालय सदस्यसमेत रहेका अग्नीले आन्तरिक सल्लाहमै राजीनामा नदिएका हुन् । उनले केन्द्रीय सदस्यबाट राजीनामा दिँदा अन्य भूमिकामा पनि असर पर्ने भएकाले राजनीनामा नगर्न सुझाव दिइएको एक जिल्ला नेताले बताए ।

यसकारण राजीनामा

केन्द्रीय समिति झण्डै चार हजारको भएको र यसले पार्टी संगठन भद्धा भएकाले राजीनामा गरिएको नेताहरुले भेलामा जनाएका थिए । स्थानीय निर्वाचनलाई दृष्टिगत गरी पार्टी कमिटी चुस्त बनाउनपनि राजीनामा आवस्यक रहेको राजीनामा गर्नेहरुको भनाइ छ । जिल्लामा भएका मुख्य कार्यकर्ता सबैजसो केन्द्रीय सदस्य भएका छन् । केन्द्रीय सदस्यले वडाको जिम्मेवारी लिनुपर्ने अवस्था देखिएको र यसले समस्या सृजना गरेको राजीनामा गर्ने मध्येका एक नेताले बताए ।

माओवादी केन्द्रीय सदस्यबाट जम्बो कमिटी आवश्यक नरहेको भनि नरेन्द्रजंग पिटरले सबैभन्दा पहिले राजीनामा दिएका थिए । पिटर पछि धेरैले व्यक्तिगत र सामूहिकरुपमा राजीनामा गर्दै आएका छन् ।

Maosist Kendra

विशेष