प्रवास रोजगार

६ महिनामा ३ लाख युवा विदेश गए, कुन महिना कति विदेशिए (सूचिसहित)

६ महिनामा ३ लाख युवा विदेश गए, कुन महिना कति विदेशिए (सूचिसहित)

माघ १३ ।  चालू आर्थिक वर्ष २०७३-७४ को ६ महिनामा तीन लाखभन्दा बढी युवा कामका लागि विदेश गएका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा थोरै कम हो ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षका पुस मसान्तसम्ममा वैधानिक श्रम स्वीकृत लिँदै काममा लागि तीन लाख ११ हजार पाँच सय २५ युवा विश्वका विभिन्न देशमा पुगेका छन् ।

यो संख्या गत आर्थिक वर्षका सोही अवधिको तुलनामा दुई हजार एक सय ९४ कम हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा नेपालबाट कामका लागि तीन लाख १३ हजार पाँच सय २५ जना युवा विदेसिएका थिए ।

विभागबाट एक सय १० भन्दा बढी मुलुकमा श्रमस्वीकृति लिएर युवा काममा लागि जान पाउने व्यवस्था छ । गत आर्थिक वर्ष नयाँ भिसामा जाने कामदारको संख्या कमी आए पनि बिदामा आई पुनः विदेश जानेको संख्या बढी थियो । चालू आर्थिक वर्ष भने नयाँ भिसामा कामका लागि बिदेसिने युवाको संख्या बढ्दो छ ।

सबै भन्दा धेरै मंसिर महिनामा ६५ हजार ८ सय ११ जना विदेश गएका छन् भने कात्तिक महिनामा ५९ हजार १ सय ८२ जनाले देश छाडेका छन् । पुस महिनामा ५३ हजार ८ सय २५ बाहिरिए भने  साउन महिनामा ५१ हजार १ सय ७ जना विदेश गए त्यस्तै भदौ महिनामा ४९ हजार ३ सय १२ जना बाहिरिए असोजमा सबैभन्दा कम ४२ हजार २ सय ८ जना खाडिलगायत विभिन्न मुलक गएका छन् ।

गत आर्थिक वर्ष मलेसियाले नयाँ कामदार लैजान लगाएको प्रतिबन्ध र खाडी मुलुकमा आएको आर्थिक संकटका कारण नयाँ भिसामा कामका लागि विदेश जानेको संख्यामा कमी आएको थियो ।

नेपालबाट मात्रै २० हजारका हाराहारीमा कामदार कतार गएका छन् । कतार नेपाली कामदारका लागि पहिलो गन्तव्यसमेत बनिसकेको छ । तर, मलेसिया, दुबई र साउदीमा जस्तो सीपमूलक कामदारको माग भने कतारमा छैन । सामान्य लेखपढ गर्न सक्ने र सस्तो सेवा सुविधा भएको कामका लागि कतारबाट कामदार माग हुन्छ ।

मलेसिया र साउदी छाडेर म्यानपावर व्यवसायीले अहिले कामदार कतार पठाइरहेका छन् । अन्य देशबाट भिसा ल्याउने बजार प्रतिस्पर्धा पनि बढ्दो छ । त्यसका कारण पनि म्यानपावर व्यवसायीले कतारबाट आउने फ्री भिसा तथा टिकट र कम्पनीलाई आउने सेवा शुल्कसमेत पाउने हुँदा व्यवसायीले कतारलाई नै जोड दिइरहेका छन्

Bidesh

विशेष