विचित्र विश्व

७० लागिसकेका ट्रम्पले कस्तो खाना खान मनपराउँछन् होला ?

७० लागिसकेका ट्रम्पले कस्तो खाना खान मनपराउँछन् होला ?

विश्व शक्ति केन्द्र अमेरिकी राष्ट्रपतिको चुनावको उम्मेदारीदेखि नै चर्चामा रहेका डोनाल्ड जे ट्रम्पप्रतिको चासो सपथग्रहणपछि अझै चुलिएको छ । ट्रम्पका सामान्य व्यवहार र उनले गर्ने सामान्य कुराले पनि चर्चा पाइरहेको छन् । उमेरले ७० लागिसकेका ट्रम्पले कस्तो खाना खान मनपराउँछन् होला ? पूर्वराष्ट्रपति बाराक ओबामा स्वस्थ र सन्तुलित भोजनका पारखी थिए । ओबामा फलफूलका पारखी थिए र फलफूलमा उनलाई मनपर्ने स्याउ थियो । त्यसकारण ओभल अफिस पनि फलफूलले सजावट भएको हुन्थ्यो । तर, ट्रम्पको खानाप्रतिको रुचि ओबामाको भन्दा फरक रहेको छ । उनी जंक फुडको पारखी हुन् । जंक फुड अर्थात तयारी खानाका पारखी उनी म्याक डोनल्ड , केएफसी र विन्डीले तयार गरेका खानेकुरा खान औधी रुचाउँछन् । यी खानेकुरा अत्याधिक सुरक्षित र सफा हुने उनी तर्क गर्छन् । ट्रम्प उच्च फाइभरयुक्त खानेकुरा खान रुचाउँछन् । उनको मनपर्ने खाना मिटलोफ हो । ट्रम्प अहिलेसम्मकै अमेरिकाका पाका राष्ट्रपति हुन् । उनी चुरोट तथा मदिरा सेवन् गर्दैनन् । त्यस्तैगरि उनी चिजलगायतका चिल्लो पदार्थ पनि खादैँनन् । फलफूलमा उनलाई ओबामाजस्तो उतिसारो रोजाई छैन । उनी जे देख्यो त्यही खाइदिन्छन् । उनी प्रशस्त डाइट कोक पिउने गर्छन् । स्न्याक्समा उनलाई आलु चिप्स औधी मनपर्छ । ट्रम्पको किचेनका सेफहरु ओबामाले नियुक्त गरेका सेफहरु छन् । सेफहरु मध्येका मुख्य सेफ भने पूर्वराष्ट्रपति डब्लु बुसको समयमा नियुक्त गरेका सेफहर छन् । ट्रम्पले चाहे भने ती सेफहरु फेर्न पनि सक्छन् ।  — एजेन्सी

Donald Trump

विशेष