राजनीति

'खेलकुद क्षेत्रको विकास हुन आवश्यक'

'खेलकुद क्षेत्रको विकास हुन आवश्यक'
माघ - १५ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि खेलकुद क्षेत्रको विकास हुन आवश्यक रहेको बताएका छन्। झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा शनिबारदेखि सुरु भएको झापा गोल्डकप प्रतियोगिताको उद्‌घाटन गर्दै उनले सो कुरा बताएका हुन्। ओलीले खेल क्षेत्रको विकासका लागि सबै क्षेत्रको भूमिका उत्तिकै हुनुपर्नेमा जोड दिए। ढिलोगरी कार्यक्रमस्थल आइपुगेका उनले करिब तीन मिनेटमात्र सम्बोधन गरेका थिए। उनले खेलमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने विचार व्यक्त गरे। मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताअन्तर्गत आज आयोजक झापा-११ र भारतको शेर क्लब, कालिम्पोङबीच खेल भएको थियो। माघ २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता ७ लाख र उपविजेताले ३ लाख ५० हजार पुरस्कार पाउनेछन्। प्रतियोगितामा विदेशी एकसहित १० वटा टिमको सहभागिता रहेको आयोजक झापा गोल्डकपका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिए।

KP Sharam Oli

विशेष