राजनीति

सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन

सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन
माघ १५ । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनको प्रस्ताव पास हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । नेपाल प्रेस युनियन तनहुँद्वारा शनिबार दमौलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री निधिले सो कुरा बताएका हुन् । पछिल्ला दिनमा प्रमुख प्रतिपक्षी एमाले पनि लचक भइसकेकाले मधेसी मोर्चाको हितमा हुने गरी ल्याइएको संविधान संशोधन पास हुने दाबी उनको छ । अब हुने तीनै तहको निर्वाचन गर्न वर्तमान सरकार सक्षम रहेको मन्त्री निधिले बताए । सरकार एकपछि अर्को निर्वाचन घोषणा गर्ने तयारीमा रहेकाले सुरक्षा व्यवस्था कडा बनाउन आफूले निर्देशन दिइसकेको गृहमन्त्री निधिले बताए । ‘स्थानीय तह, प्रदेशसभा र संसदको निर्वाचन गर्ने तयारीमा सरकार अघि बढिरहेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई त्यसअनुसार सुरक्षाको प्रबन्ध मिलाउन निर्देशन दिइसकेको छु’–उनले भने । त्रिभुवन विमानस्थलमा सुन फेलापरेको विषयमा राखिएको जिज्ञासामा मन्त्री निधिले त्यसमा सांगठनिक अपराधीको हात हुनसक्ने अनुसन्धानले देखाएको बताए । शनिबारै उपप्रधानमन्त्री विमलेन्द्र निधिले तनहुँका कांग्रेस कार्यकर्तासँग भेटघाट गरी चुनावका लागि अगाडि बढ्न निर्देशनसमेत दिए ।

Bimalendra Nidhi Tanau

विशेष