राजनीति

निर्वाचन अपरिहार्य भएकाले राजनीतिक दलहरु लचिलो हुनुपर्ने– सभामुख घर्ती

निर्वाचन अपरिहार्य भएकाले राजनीतिक दलहरु लचिलो हुनुपर्ने– सभामुख घर्ती
माघ–१६ । संसदले सोमबारसम्ममा निर्वाचन सम्बन्धी सबै विधेयकहरु पास गराउने तयारी गरेको र निर्वाचन गराउन कुनै पनि समस्या नभएको सभामुख ओनसरी घर्ती मगरले बताएकी छिन् । सभामुख घर्तीले आँउदो माघ ७ गतेभित्र स्थानीय, प्रदेश र संघीय संसद गरी तीन तहको निर्वाचन गराउनु अपरिहार्य भएकाले प्रमुख राजनीतिक दल तथा मधेसीवादी दलहरु आफ्नो अडानबाट लचिलो भई सहमतिमा आउन आग्रह गरेकी छिन् । सबै राजनीतिक दलहरु निर्वाचन गराउन लचिलो बन्नुको विकल्प नभएको पनि बताएकी छिन् । विराटनगरमा भएको कार्यक्रममा उनले प्रमुख तीन दलबीच स्थानीय तहको निर्वाचन गराउने सहमति भएकाले कार्यान्वयन गरेर निर्वाचन हुने सुनिश्चितता दिन आग्रह गरेकी छिन् । त्यस्तै सभामुख घर्तीले राजनैतिक दलहरुबीच संविधान संशोधन विधेयकमा मात्र असहमति रहेकाले यसलाई पनि छलफलबाट टुङ्गयाउन आग्रह गरेकी छिन् । उनले चाँडै नै स्थानीय तहको निर्वाचन घोषणा हुने विश्वास समेत व्यक्त गरिन् ।

निर्वाचन राजनीतिक दल सभामुख ओनसरी घर्ती मगर

विशेष