अाफ्नाे मन्त्रालयलार्इ काम दिन अाग्रह गर्दा पनि अाश्वासन मात्र– मन्त्री थानी

माघ–१६ । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले मन्त्रालयसँग सम्बन्धित ४९ ओटा कार्यक्रम अन्य मन्त्रालयको मातहतमा दिएपछि आफ्नो मन्त्रालय कार्य विहिन भएको गुनासो गरेका छन् ।
आइतबार प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा मन्त्री थानीले भने, ‘गरिबको परिचय पत्र बाँड्ने बाहेक अन्य कुनै काम छैन । गरिबसँग विश्वेश्वर, गरिबी निवारण कोष, युवा स्वरोजगार कोषलगायत ४९ वटा कार्यक्रम पछि आफू काम विहिन हुने निश्चित छ । ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड ’ लाइ समेत पटकपटक आफ्नो मन्त्रालयलाई सम्बन्धित काम दिन आग्रह गर्दा समेत उनले आश्वासन मात्र पाएको बताएका छन् ।
उनको मन्त्रालायले २५ जिल्लाको गरिबी परिचय पत्र बनाइ दिए पछि आफ्नो मन्त्रालयको काम सकिनेमा आफू निश्चित भएको मन्त्री थानीले बताए ।
सहकारी तथा गरिबी निवारण
हृदयराम थानी