मुख्य समाचार समाज

कञ्चन शर्मा भन्छिन्, ‘मलाई १० लाख चाहिँदैन, मोहनले गाँस, बासको व्यवस्था गरिदिनु पर्छ’

कञ्चन शर्मा भन्छिन्, ‘मलाई १० लाख चाहिँदैन, मोहनले गाँस, बासको व्यवस्था गरिदिनु पर्छ’

माघ १६ । केही महिनाअघि सामाजिक सञ्जालमा ‘कञ्चन शर्मा प्रकरण’ले व्यापक चर्चा बटुलेको थियो । कञ्चनको कथा तरकारीवाली र चियावाला झै हावासरी फैलियो ।

कञ्चनको प्रशंग आयो, गयो । विवाद उत्कर्षमा पुगेको बेला उनका पूर्वपति मोहन रेग्मीले भनेका थिए, ‘बाध्यता त छैन तर उनलाई १० लाख रुपैयाँ दिएर सुखी जीवनको कामना गर्न सक्छु ।’

यति बेला प्रश्न उठेको छ, ‘यतिका बेला भइसक्यो के मोहनले कञ्चनलाई १० लाख दिए त ?

कञ्चनको भनाइ अनुशार अहिलेसम्म मोहनले एक रुपैयाँ पनि दिएका छैनन् । कञ्चनले मागेकी छैनन्, मोहनले दिएका पनि छैनन् ।

उनले नेपालआजसँग भनिन्, ‘एक नारीलाई फोहोर सरह सडकमा फालेपछि १० लाखको अर्थ छैन । गाँस बास र कपासको व्यवस्था हुनुपर्छ ।’

मोहनले यस विषयमा कुनै चासो नदेखाएको कञ्चनले बताइन् । न त कञ्चनले नै मोहनसँग सम्पर्क गरेकी छिन् । यसका साथै कञ्चन बसिरहेको पवित्र समाजसेवा नेपालकी दीक्षा चापागाई पनि यस विष्यमा मौन छिन् । कञ्चनले उक्त अधिकार पाउनुपर्छ भन्ने विषयमा दीक्षाले पनि आफूले माोहनसँग केही सम्पर्क नगरेको बताइन् ।

केही महिना अघि कञ्चन शर्मा प्रकरणले मिडिया ततायो । कञ्चनले न्याय पाउनुपर्छ भन्दै मोहनका परिवारलाई सामाजिक सञ्जालमार्फत आक्रमण गर्ने एउटा जमात थियो । त्यस्तै अन्य जमात कञ्चनका आफ्नै कमजोरीले सडकमा गएको या घर बिग्रेको भन्नेहरु पनि थिए ।

कञ्चनले आफूलाई पति मोहन रेग्मीले घरबारविहीन बनाएको र दुई छोराहरुले पनि केही वास्ता नगरेको बताएकी थिइन् । उनका पति मोहन रेग्मी इन्जिनियर हुन् भने दुई छोरा इन्जियिरङ पढ्दै छन् । एकतर्फी रुपमा पतिलाई आरोप लगाएपछि कञ्चनका आफ्नै कमी कमजोरीहरु पनि बाहिरिएका थिए । उनको कूलतमा परेको कुराहरु बाहिरिन थाले पछि उनी मौन भएकी थिइन् ।

वस्ताविकता जे जस्तो भएपनि कञ्चनले पैसा नभएर आफूलाई गाँस, बास र कपासको पूर्ण रुपमा व्यवस्था गरिदिनुपर्ने बताएकी छिन् । यो आफ्नो अधिकार भएको र उनले बताइन् । । कञ्चनको भनाइअनुसार उनीहरु बीचको झगडा विभिन्न संचार माध्यममा आए पनि उनी दुईबीच भने त्यस्तो कुनै सहमति भइसकेको छैन ।  कञ्चनले अहिले धापासीस्थित पवित्र समाजसेवा नेपालमा आश्रय लिएकी छन् ।

यता मोहन रेग्मीले भने रकमको लागि वकिल र पत्रकारसँग मिलेर कागज र डकुमेन्टको लागि तयारी गरिरहेका छन् । यो विषय आन्तरिक जस्तो देखिए पनि पूर्ण रुपमा आन्तरिक नभएका कारण उनले आफूले सोझै कञ्चनलाई सम्पर्क नगरेको बताए ।

यसको लागि कञ्चनको तर्फबाट पत्रकार मोहन चापागाइ र आफ्नो तर्फबाट कानून व्यवसायी कुमारी खरेलबीच यो कुरा भइरहेको उनले बताए । सो रकम कञ्चनकै पालणपोषणमा खर्चियोस् भन्ने मोहनको चाहना रहेको छ । रकमजस्तो कुरा दिँदा निश्चित व्यतिmको हातमा पर्नुपर्ने हुनाले उनले अहिले कञ्चनकी आमासँग सम्पर्क गरिरहेको बताए । पहिला १० लाख दिने कुरा भएपनि अब ११ लाख दिन लागेको उनले अवगत गराए । रकम उपलब्धि गराउनेबारे अहिले आफू अन्तिम चरणमा पुगिसकेको उनले बताए । –कञ्चन न्यौपाने

विशेष