प्रवास रोजगार

विदेश कमाउन जानेको पीडा बर्षेनी आँउछन् हजार बाकस

विदेश कमाउन जानेको पीडा बर्षेनी आँउछन् हजार बाकस

माघ १७ । मलेसियाबाट कैलालीका प्रह्लाद राना, सल्यानका केशर पुन र जाजरकोटबाट लालबहादुर थापाको शव त्रिभुवन विमानस्थलमा आइपुग्यो । शव बाहिर निकाल्ने फरक बाटो थिएन ।

मृतकका आफन्तले यात्रु निस्कने मूल ढोकाबाटै कफिन निकाल्दै थिए । त्यो देखेर विदेशबाट आएका यात्रु र उनीहरुलाई पर्खिबसेका आफन्तको मन चिसो भयो । भन्दै थिए, ‘कफिन त अर्कै बाटो लैनाने व्यवस्था भइदिए हुन्थ्यो नि ।’

एउटै जहाजबाट ल्याइएका ती शव घरसम्म पुर्‍याउन ढोका छेउमै तीनवटा एम्बुलेन्स थिए । मेडिकल रिपोर्टअनुसार रानाले आत्महत्या गरेका थिए । पुनको हृदयघातबाट मृत्यु भएको थियो । लालबहादुरको मृत्युको कारण खुलेको थिएन ।

त्यसअघि मात्रै कतारबाट ४ जनाको शव ल्याइएको थियो । जसमा थिए, सोनाम तामाङ, शेख इजरायल, मोहम्मद अकुब दलफ्फा, आइडी मोहम्मद । मेडिकल रिपोर्टमा सोनामको श्वास प्रश्वास समस्याका कारण मृत्यु भएको उल्लेख छ । शेख मोहम्मद र आइडीको भने कामगर्ने क्रममा खसेर घाइते भएपछि मृत्यु भएको जनाइएको छ ।

वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य मानिएका मुलुकबाट यसरी शव आउनु सामान्य भइसकेको छ । ती देशहरुबाट मात्रै हरेक वर्षजसो एक हजारको हाराहारीमा शव आउन थालेको छ ।

विदेशस्थित नेपाली दूतावासहरुका अनुसार सन् २०१६ मा मध्यपूर्वका देश र मलेसियामा मात्रै ९ सय ५० नेपालीले ज्यान गुमाएका छन् ।

कान्तिपुर

Bidesh shreemati ra bidesh

विशेष