सत्तारुढ दलको बैठक बालुवाटारमा जारी

माघ १७ । सत्तारुढ दलहरु माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेशी मोर्चाका नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ ।
मधेशी मोर्चाले आफ्नो माग पूरा गर्न सरकार जिम्मेवार नभएको भन्दै आन्दोलनको घोषणा गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तासाझेदार कांग्रेससहित मधेशी मोर्चाका नेताहरुलाई छलफलका लागि बोलाएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै मोर्चाका तर्फबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना अध्यक्ष राजेन्द्र महतोलगायतका नेताहरु सभागी छन् ।
tin dal