राजनीति

लेखा समितिको सभापतिमा उपाध्याय

लेखा समितिको सभापतिमा उपाध्याय

माघ १७ । ब्यवस्थापिका–संसद लेखा समिति सभापति पुनः नेकपा माओवादी केन्द्रले नै हात पारेको छ । यसअघि माओवादी केन्द्रकै जनार्दन शर्मा सभापति रहेकोमा उर्जामन्त्री भएपछि यो पद खाली रहेको थियो । सोमवार भएको मतदानमा कांग्रेस–माओवादीका संयुक्त उम्मेदवार डोरप्रसाद उपाध्याय सभापितमा विजयी भएका हुन ।

कूल ३९ मत खसेकोमा उपाध्यायले २३ मत पाएका थिए भने प्रतिद्वन्द्वी एमालेका पशुपति चौलागाईंलाई १६ मत पाएका थिए । राप्रापाका दिनेश श्रेष्ठ र भाष्कर भद्राले सत्तारुढ गठबन्धनको विपक्षमा मतदान गरेका थिए ।

एमाले उम्मेद्वार चौलगाईंको प्रस्तावकमा शत्रुधन महतो रहेका थिए भने समर्थकमा एमालेकै राधकृष्ण कँडेल थिए । सभापतिका अर्का आकांक्षी उपाध्यायको प्रस्तावकमा नेपाली कांग्रेसका रामहरि खतिवडा र समर्थकमा माओवादीका टेकबहादुर बस्नेत थिए ।

Dorprasad Upadhya

विशेष