राजनीति

संशोधन देशको आवश्यकता होइन – सचिव भट्टराई

संशोधन देशको आवश्यकता होइन – सचिव भट्टराई
माघ - १७ । नेकपा एमालेका सचिव योगेश भट्टराईले संविधान कार्यान्वयनका लागि निर्वाचन एकमात्र विकल्प भएको बताएका छन्। प्रेस चौतारी नेपालको १९औँ स्थापना दिवसका सन्दर्भमा साेमबार आयोजित कार्यक्रममा उनले भने – 'संविधान संशोधन मुलुकको आवश्यकता होइन, यो हठातमा ल्याइएको राजनीतिक चालबाजी मात्र हो ।' सचिव भट्टराईले संविधान निर्माणपछि मुलुक राजनीतिक ध्रुवीकरणमा जानु राम्रो सङ्केत नभएको बताउँदै संविधान कार्यान्वयन गर्न सकिए ध्रुवीकरण पनि स्वतः अन्त्य हुने बताए। चौतारीका बाँके जिल्ला अध्यक्ष, हेमन्त विकको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सूर्य थापा, प्रचार विभाग सचिव विष्णु रिजाल र चौतारीका केन्द्रीय सदस्य भेषराज बस्नेतले पनि मन्तव्य व्यक्त गरेका थिए।

Yogesh Bhattari संविधान संशोधन

विशेष