राजनीति

चुनावको मिति घोषणा गर्ने सरकारको प्रस्तावप्रति मोर्चाको असहमति

चुनावको मिति घोषणा गर्ने सरकारको प्रस्तावप्रति मोर्चाको असहमति
माघ – १७ । मधेसी मोर्चासहित बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा सरकारले संविधान संशोधन प्रस्ताव अघि बढाएसँगै चुनावको मिति घोषणा गर्ने प्रस्ताव गरेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनावको मिति घोषणा गरेर तयारी थाल्ने र संसदमा संशोधन प्रस्ताव पनि अघि बढाउने प्रस्ताव गरेका हुन् । बैठकमा प्रधानमन्त्रीले चुनाव सरकार र सबै दलको पहिलो प्राथमिकता भएकाले त्यसमा सहमत हुन आग्रह गरेको र मोर्चाका तर्फबाट कुनै ठोस जवाफ नआएको बैठकमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । चुनावमा जानेबारे केही दिनमै निष्कर्षमा पुग्ने सहमति भएको नेता श्रेष्ठले बताए । तर, मधेसी मोर्चाले भने सरकारको प्रस्तावप्रति असहमति जनाएका छन् । मधेसी दलले संशोधन पारित नभएसम्म चुनावबारे नसोच्न आग्रह गरेका छन् । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने प्रधानमन्त्रीले अहिलेको गठबन्धनकै सहमतिमा चुनावको मिति घोषणा गरिने र संविधान संशोधनको प्रस्ताव अघि बढाउने प्रतिबद्धता जनाएको दाबी गरे । प्रमुख प्रतिपक्षी दल एमालेको असहमतिका बाबजुद संशोधन प्रस्ताव संसदमा पेश भए पनि अघि बढ्न सकेको छैन । स्थानीय तहको चुनाव घोषणा गर्न सरकारलाई दबाब बढ्दै गएपछि सरकारले चुनावका लागि तयार हुन मधेसी दललाई आग्रह गरेको हो ।

Baluwatar संशोधन प्रस्ताव

विशेष