दाहालसँग ‘डिभोर्स' चेतावनी
माघ १८ । परेमा संविधान संशोधन थाती राख्दै निर्वाचन मिति घोषणा गर्ने प्रयासमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मधेसी नेताहरूले आफूसँगको सहमति पालना नगरेको आरोप लगाउँदै आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
परिमार्जनसहित संविधान संशोधन नगरी चुनाव घोषणा गरे मधेसकेन्द्रित दलहरू सशक्त आन्दोलनमा ओर्लने उनीहरूले सोमबार सत्ता गठबन्धनसँगको बैठकमा बताएका हुन् । कांग्रेस र माओवादी केन्द्रको ‘आन्तरिक गठबन्धनु बाट एमाले नहटेसम्म वर्तमान गतिरोधले निकास नपाउने भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका थिए । उनीहरूले परिमार्जनसहित संविधान संशोधन पास नभई चुनाव हुनै नदिने बताएका छन् ।
सत्तारूढ कांग्रेस–माओवादी केन्द्रसँगको बैठकमा सोमबार मधेसी नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आक्रामक हुँदै भने, ‘यो सरकार तपाईंहरूको हो कि प्रमुख प्रतिपक्षी एमालेको ? दाहाललाई प्रधानमन्त्री पदमा मतदान गरेको ६ महिनामा तीनबुँदे सहमति उल्लंघनमात्र नभएर एमालेको रणनीतिअनुसार मधेसीलाई पाखा लगाइएको दाबी उनीहरूले गरेका थिए ।
फोरम लोकतान्त्रिक र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सत्तामा ल्याएर संविधान संशोधनका पक्षमा ४ सय १ मत पुर्याउन दाहाललाई कसैले नरोकेको मधेसी नेताहरूले बताए । यस्तै अवस्था रहे यो गठबन्धन धेरै नटिक्ने र यसको कुनै औचित्य नरहने चेतावनीसमेत उनीहरूले दिए । अन्नपूर्ण
madesi morcha tin dal