राष्ट्रिय अनुसन्धानका प्रमुखले नै दिन्थे लोकमानलाई प्रमुख दलको सूचना
माघ १८ । नेपालको राजनीतिमा गहिरो चासो राख्दै आएका विदेशी शक्ति केन्द्रहरुले देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न लोकमान सिंह कार्कीलाई प्रयोग गर्दै आएको र त्सको लागि कार्कीले राष्ट्रिय अनुशन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई प्रयोग गरेको विषयमा संसदीय समितिले अनुसन्धान थालेको छ ।
कार्कीको नियुक्तिमा विदेशी गुप्तचर प्रमुखको गहिरो चासो रहेको र तत्कालीन राष्ट्रपति डा. रामवरण यादवलाई कार्कीको नियुक्ति गर्न विदेशी गुप्तचर संस्थाको प्रमुख नेपाल आएको घटनाले कार्कीको नियुक्ति पछाडिको वैदेशिक चासो स्पष्ट हुन्छ । त्यसका लागि कार्कीले रेग्मीलाइ प्रयोग गरेर प्रमुख दलका नेता कहाँ कुन व्यक्ति भेट्न जान्छन र के के कुरा हुन्छ भन्ने रिपोर्ट कार्कीलाई गर्ने गरेको स्रोत बताउँछ । राष्ट्रिय सुरक्षासँग गासिएको यति संवेदनशील कुरामा संसदले गहिरिएरै रेग्मीमाथि छानविन गर्नुपर्ने हुन्छ । रेग्मी पहिलेदेखि नै विवादास्पद व्यक्ति हुन् । विभागमा कार्यरत रहँदादेखि नै उनको चरित्र ठीक थिएन । उनले विदेशीको लागि गुप्तचरी र्ने गरेको स्रोत बताउँछ । –दृष्टि साप्ताहिकबाट