राजनीति

विकास निर्माणमा राजनीति गर्न नहुने

विकास निर्माणमा राजनीति गर्न नहुने
माघ - १८ । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले इलाम क्षेत्र नं १ अन्तर्गत कोल्बुङमा निर्माण भइरहेको विकास निर्माणका गतिविधिको मंगलबार स्थलगत अनुगमन गरेका छन् । सांसद विकास कोषअन्तर्गत सञ्चालन भइरहेका विद्युतीकरण, विद्यालय निर्माण, सडकलगायत पूर्वाधारको अनुगमन गरिएको हो । अनुगमनपछि पूर्वप्रधानमन्त्री खनालले कुनै पनि विकास निर्माणमा राजनीति गर्न नहुने बताउँदै विकासका गतिविधि पारदर्शी रूपले सञ्चालन हुनुपर्नेमा जोड दिए । निर्वाचन क्षेत्र नं १ का सांसद खनालका तर्फबाट करिब रु तीन करोड भन्दा बढीका योजना सञ्चालन भएका छन् । विकासका योजना समयमै सम्पन्न गर्न पनि उनले सम्बन्धित सबैलाई आग्रह गरे।

Jhalanath Khanal

विशेष