रोजगार

नायब सुब्बाको फाराम भर्ने म्याद तीन दिन थपियाे

नायब सुब्बाको फाराम भर्ने म्याद तीन दिन थपियाे
माघ - १८ । लोकसेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (नायब सुब्बा) को दरखास्त फाराम भर्ने म्याद तीन दिन थपेको छ । आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले अनलाइनमार्फत फाराम भर्ने अत्यधिक उम्मेदवार भएको र फाराम भर्न प्राविधिक समस्या देखिएकाले यही माघ २८ गतेसम्म म्याद थप गरिएको जानकारी दिए । उनले एकै पटक धेरै उम्मेदवारले फाराम भर्दा सर्भर अवरुद्ध हुन पुगेको बताए । सर्भर अवरुद्ध भएपछि फाराम भर्ने आवेदकहरुले आयोगमा गई नाराबाजी गरेपछि सहसचिव कोइरालाले सूचना निकालेर तीन दिन म्याद थप गरेका हुन् । उनका अनुसार सुरु दस्तुरमा आगामी शुक्रबार र दोब्बर दस्तुरका लागि माघ २८ गतेको समय थप गरिएको छ । गएको पुस २७ गते दरखास्त आह्वान गरिएको नासुको मङ्गलबारसम्म सुरुको दस्तुर र माघ २५ गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्न समय तोकिएको थियो । नासुमा चार सय ५६ जनाका लागि दरखास्तमा माग गरिएकामा अहिलेसम्म झण्डै २१ हजारले फाराम भरेको आयोगका दरखास्त सङ्कलन शाखाका अधिकृत नारायण गौतमले जानकारी गराए ।

Lok Sewa Aayog

विशेष