राजनीति

सरस्वती क्याम्पसमा झडप, अखिलका एकाई अध्यक्ष गौतम कुटिए

सरस्वती क्याम्पसमा झडप, अखिलका एकाई अध्यक्ष गौतम कुटिए
माघ - १८ । अनेरास्ववियुले मंगलबार देशभरिका क्याम्पसमा राष्ट्रिय झन्डा गाडेर फहराएको छ । स्ववियु निर्वाचनलाई राष्ट्रियतासँग जोड्न देशभरिका क्याम्पसमा राष्ट्रिय झन्डा गाडेर फहराइएको अनेरास्ववियुका सचिव सुदेश पराजुलीले जानकारी गराए ।उनकाअनुसार उपत्यकाका प्रमुख क्याम्पससहित देशभरिका क्याम्पसमा झन्डा गाडिएको हो । उनले अहिले देशमा विखन्डनकारी सल्बलाइरहेकाले राष्ट्रिय भावनामा जागृत गराइ विद्यार्थीलाई राष्ट्रियताप्रति ऐक्यबद्ध बनाउन क्याम्पसमा झन्डा फहराइएको बताए । यसैबीच, झन्डा गाड्ने विषयमा सरस्वती क्याम्पस लैनचौरमा झडप भएको छ । झन्डा गाड्ने विषयमा अखिलका क्याम्पस एकाई अध्यक्ष शंकर गौतमलाई अखिल क्रान्तिकारीले कुटपिट गरेको सचिव पराजुलीले जानकारी गराए । अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले कुटपिटमा आफ्नो संगठनको संलग्नता नभएको स्पस्ट पारेका छन् । ‘पढाइरहेकोबेला कक्षा कक्षामा गएर उहाँहरुले झन्डा गाड्ने कार्यक्रममा सहभागी हुनुहोस् भनेर उर्दी जारी गर्नुभयो’–उनले भने–‘त्यसैक्रममा पढिरहेका विद्यार्थीले प्रतिवाद गर्दा झडप भएको हो ।’

अखिल

विशेष