विचित्र विश्व

लिंग परिवर्तन गराएपछि जागीर चट,

पुरुषको रुपमा जागीर खाएको मान्छे महिला बनेपछि फसाद

लिंग परिवर्तन गराएपछि जागीर चट,

एजेन्सी । भारतको मुम्बई स्थित इन्डियन नेबिमा सात वर्ष अघि पुरुषको रुपमा सिपाहीको पदमा सेवा गरेका एक जनालाई लिंग परिवर्तन गराएको आरोपमा जागीरबाट बर्खास्त गरेको छ ।

सन् २०१६ मा नै २८ वर्षिय मनीष कुमार गिरी नाम गरेको एक व्यक्ति पुरुषको लिंगलाई महिलाको लिंगमा परिवर्तन गरिसकेका थिए । करिब एकवर्ष पछि कार्यालयका अधिकारीहरुले शंकाको आधारमा मनीष कुमार गिरीमाथी निगरानी राखेको थियो । निगरानीको क्रममा नीजलाई महिलाको भेषमा पक्राउ गरीएको थियो ।

उनले रिअसाइन्मेन्ट सर्जरी सेन्टरमा गएर आफ्नो लिंग परिवर्तन गराएको बताइएको छ । उक्त कुरा मनीषले स्वीकार पनि गरीसकेका छन्, इन्डियन नेबिको सेलर पदमा कार्यरत गिरीको उनको जागीरसमेत गएको छ । इन्डियन नेबिको सेलर पदमा केवल पुरुषहरुलाई मात्र जागिर दिईन्छ ।

यसपछि इन्डियन नेबिले भारतीय रक्षा मन्त्रालयलाई एक सूचना जारी गरी पत्रचार गर्दै उनको सम्पुर्ण सेवा सुविधा पनि कटौती गर्न भनेको छ । यो सँगै उनले पाउने सम्पुर्ण सेवा सुविधा पनि नपाउने भएका छन् ।

विशेष