राजनीति

हामी सरकारमा जाँदैनौं : कमल थापा

हामी सरकारमा जाँदैनौं : कमल थापा


विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश र प्रतिनिधि सभा निर्वाचन सुनिश्चित गर्न आफनो पार्टीले काग्रेस नेतृत्वको सरकारलाई समर्थन गरेको बताएका छन् ।

विराटनगरमा पत्रकारहरुसँग अध्यक्ष थापाले वर्तमान राजनीतिक परिस्थितिका कारण कुुनै शर्त नराखी पार्टीले सरकारलाई समर्थन गरेको प्रष्ट पारे । अहिलेको विषम परिस्थितिलाई हेर्दै प्रदेश र प्रतिनिधि चुनाव गराउने मूल मर्मका साथ पार्टीले सरकारलाई समर्थन गरेको उनले बताए ।

एमाले र माओवादी केन्द्रबीच निर्वाचनका लागि हुने गठबन्धन स्वाभाविक रहेको उनको टिप्पणी थियो ।

विशेष