राजनीति

कांग्रेसको ‘चीन चिन्ता’

कांग्रेसको ‘चीन चिन्ता’

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र एकता प्रक्रिया अघि बढ्ने घोषणा हुँदै छ भन्ने समाचार सम्प्रेषण हुन थालेपछि असोज १७ गते अपराह्न कांग्रेसका नेताहरू बालुवाटारमा भेला हुँदै थिए ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, गगन थापा, प्रदीप पौडेललगायत नेता त्यसै विषयमा कुराकानी गर्दै थिए ।

उपस्थित एक नेता भन्छन्, ‘प्रधानमन्त्री देउवाले अघिल्लो दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग ४० प्रतिशत सिट लिएर चुनावी तालमेल गर्न लागेको बताएका थिए भनेर सुनाउँदै हुनुहुन्थ्यो ।’ तर उपस्थित नेताहरूले त्यस्तो गठबन्धन बन्ला र भनेर शंका पनि गरिरहेका थिए ।

आजको अन्नपूर्णमा खबर छ ।

विशेष