विचित्र विश्व

चौबिस वर्षे युवा, जसले सर्पको लिंग पत्ता लगाउँछन्

‘नागीन गर्भवती छे वा छैन पत्ता लगाउन सक्छु’

चौबिस वर्षे युवा, जसले सर्पको लिंग पत्ता लगाउँछन्

एजेन्सी । भारतको राजस्थान प्रान्तका एक २४ वर्षे युवक दिनहुँ सापसंग खेल्ने गर्छन् । सापलाई समात्ने कलामात्र होईन सापको लिंग समेत पहिचान गर्न सक्छन् ।

उनले आजसम्म मर्न लागेको सापलाई बचाएका छन् । सन् २०१० मा जव उनि कक्षा ११ मा पढ्थे त्यसैबेला आफ्नो बिद्यालयमा प्रवेश गरेको सापलाई आफ्नै हातले पक्रेर मार्न नदिएका मोहीतले हालसम्म चार हजार नौ वटा साप समातिसकेका छन् ।

डिस्कभरी च्यानल हेरेर साप समात्न सिकेका मोहीतसंग साप समात्न प्रयोग हुने सम्पुर्ण घरेलु सामनाहरु छन् तर उनले अहिलेसमम जतिपनि साप पक्रेका छन् कहिलैपनि ति सामानको प्रयोग गरेका छैनन् ।

मोहित कुनैपनि मानिसलाई साप मार्न दिदैनन् राजस्थानको नाथद्धारमा उनको घर छ ।  त्यस गाउंमा साप देखिने बितिकै मोहित त्यहाँ पुग्छन् । सापले टोकेको मानीसको उपचारपनि गर्छन् । हालसम्म उनले २५० जना मानिसको उपचार गरिसकेका छन् भने सयौं सापको उपचारपनि गरेका छन् ।

 

विशेष