राजनीति

एमाले स्थायी समितिको बैठक बस्दै, यस्तो छ एजेण्डा !

एमाले स्थायी समितिको बैठक बस्दै, यस्तो छ एजेण्डा !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी समितिको बैठक अहिले केहिबेरमा बस्दैछ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी र उम्मेदवार छनौटका विषयमा छलफल गर्न स्थायी समिति बैठक बस्न लागेको हो ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने बैठकमा यसअघि तयार गरिएको उम्मेदवारहरूको मापदण्ड, छनोट विधि र निर्वाचनको समग्र कार्ययोजनाका विषयमा छलफल गर्ने एमालेले जनाएको छ ।

एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बैठकमा चुनावी रणनीति अन्र्तगत तालमेलका विषयमा पनि छलफल हुने जानकारी दिनुभयो । सरकारले १० र २१ मंसिरमा दुई चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तोकेको छ ।

विशेष