राजनीति

माओवादीसँग तालमेल गर्ने एमालेको निर्णय

माओवादीसँग तालमेल गर्ने एमालेको निर्णय


काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिदैं जाँदा माओवादी केन्द्रसंग चुनावी तालमेलको प्रक्रिया अघि बढाउने भएको छ ।

दशैंको टीका लगत्तै आज बसेको एमाले स्थायी कमिटीको बैठकले सम्पूर्ण वामपन्थी र प्रगतिशिल पार्टीसंग एकता गर्दै आगामी निर्वाचनमा होमिने निर्णय गरेको हो । मंसिर १० र २१ गतेका लागि तय प्रदेश र प्रतिनिधी सभा निर्वाचनको रणनीति तय गर्न बोलाईएको स्थायी कमिटीमा बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको तयारी र पार्टीको अवस्थाका बिषयमा धारणा राख्नुभएको थियो । स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणामसंगै सबै राजनीतिक दलको स्थितिको विश्लेषण गर्दै एमाले स्थायी कमिटी बैठकले माआवादी केन्द्र सहितका बामपन्थी शक्तिलाई साथमा लिएर प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिनुपर्ने निष्कर्श निकालेको हो ।

स्थानीय तहको मतपरिणामसंग आफु मुलुककै ठुलो राजनीतिक शक्ति स्थापित भएको विश्लेषण गरेको एमालेले प्रदेश र प्रतिनिधीसभा निर्वाचनमा समेत सोही सफलता हात पार्न सकिने आंकलन गरेको उपाध्यक्ष भिम रावलले जानकारी दिनुभयो । बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर उम्मेदवार छनोटको मापदण्ड र घोषणा पत्र तयारी लगायतका बिषयलाई अघि बढाउने निर्णय गरेको छ ।

विशेष