विचित्र विश्व

अब पण्डित नै नचाहिने भयो, रोबोटबाटै पण्डित्याँई

अब पण्डित नै नचाहिने भयो, रोबोटबाटै पण्डित्याँई

एजेन्सी । अब मानिसले रोबोटलाई यतिसम्म दलाउने भए कि रोबोटले नै पण्डित्याँईं सुरु गर्नुपर्ने भयो ।

नेपालमा त पण्डित पाउन समस्या नहोला तर विदेशमा पण्डित भेट्टाउन मुस्किल पर्नेहरूका लागि यो गज्जबको फलदायी समाचार हुनसक्छ । हो, एक खबरका अनुसार, बौद्ध धर्मका मानिसहरू मरेपछि अन्तिम संस्कारका लागि पण्डित्याँईं गर्न जापानीहरूले एक रोबोट तयार गरेका छन् ।

जापानी रोबोट कम्पनी ‘पेप्पर’ले एक मानव रोबोट तयार गरेको छ । जसले श्लोक पढ्दै धार्मिक कर्मकाण्ड सम्पन्न गर्ने गर्दछ । हालै टोक्योमा चलिरहेको एक एक्सपोमा ‘पेप्पर’लाई लञ्च गरिएको हो । यो रोबोटले धार्मिक गुरुको जस्तै लुगा पहिरिन्छ, ड्रम बजाउँदै श्लोक भट्टाउन थाल्छ जुन बौद्ध धर्मको अन्तिम संस्कारको प्रक्रियामा हुने गर्दछ ।

जापानीहरूले अब यस रोबोट पण्डितलाई सरल र किफायती दरमा बजारमा प्रवेश गराउने विश्वास गरेका छन् । धर्म गुरु नपाउने समस्या र खर्चलाई पनि ध्यानमा राखी कम्पनीले यस्तो रोबोट निर्माण गरेको हो । 

विशेष