रोजगार

सरकारी जागिर खाने हो ? लोकसेवाले माग्यो ७८ सहसचिव

सरकारी जागिर खाने हो ? लोकसेवाले माग्यो ७८ सहसचिव

काठमाडौ । लोकसेवा आयोगले सहसचिव र उपसचिवको रिक्त दरवन्दी पदपूर्तिका लागि विज्ञापन गरेको छ । 

आयोगले आज विज्ञापन गर्दै खुला र आन्तरिक प्रतिस्पर्धाबाट ७८ सहसचिवको पदपूर्तिको दरखास्त आह्वान गरेको हो ।  यस्तै, उपसचिवतर्फ २१५ जनाका लागि विज्ञापन गरेको छ । आज विज्ञापन प्रकाशन गरी कार्तिक १४ गतेभित्र आवेदन दिन सकिने छ भने दोब्बर दस्तुरमा कार्तिक २१ गतेसम्म दरखास्त दिन सकिनेछ ।
आयोगले गरेको विज्ञापनमध्ये धेरै संख्या आन्तरिक प्रतिस्पर्धामा छ । प्रशासन सेवातर्फ खुला सहसचिवका लागि ३ जनाको मात्र कोटा निर्धारण गरिएको छ। आन्तरिक प्रतिस्पर्धामा १२ सिट तोकिएको छ । उपसचिवमा पनि प्रशासनको आन्तरिकतर्फ १८ जनाको कोटा सुनिश्चित छ ।

विशेष