राजनीति

कमल थापा भन्छन् सरकार बचाउँन समर्थन

कमल थापा भन्छन् सरकार बचाउँन समर्थन

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धरापमा परेको सरकारलाई बचाउन आफ्नो पार्टीले समर्थन गरेको बताएका छन् ।

बुटवलमा बुधबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा अध्यक्ष थापाले निर्वाचन मंसिरमै हुने सुनिश्चितताका लागि सरकारको समर्थन गरेको उल्लेख गरे ।

निर्वाचन समयमै गर्न प्रधानमन्त्री प्रतिबद्ध रहेको अध्यक्ष थापाको भनाइ थियो । उनले सरकारलाई अप्ठेरो पार्न वाम एकता भएको बताउँदै अब लोकतन्त्रवादीहरुको एकताका लागि निर्वाचनमा कांग्रेस र अन्य लोकतान्त्रिक दलहरूसँग समीकरण गरेर जाने जानकारी दिए ।

उनले भने–‘लोकतान्त्रिक शक्तिबीच तालमेल भएपनि सिट संख्याको विषयमा टुंगो लागेको छैन ।’ दुई राप्रपाको एकीकरण भने हल्लामात्रै भएको उनले बताए ।

मंसिरमा निर्वाचन सम्पन्न भएसँगै हिन्दूराष्ट्रको विषयमा पनि जनमतसंग्रह हुनुपर्ने उनको तर्क थियो ।

विशेष