राजनीति

असोज २८ मै संसद् विघटन, शुक्रबार अन्तिम बैठक

असोज २८ मै संसद् विघटन, शुक्रबार अन्तिम बैठक

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक सूची बुझाउने अघिल्लो दिन आगामी शनिबार नै संसद्को आयु स्वतः समाप्त हुने भएको छ ।

दलका नेता र संसद् सचिवालयबीच बुधबार भएको छलफलले समानुपातिक उम्मेदवार मनोनयनको अगिल्लो दिनसम्म मात्रै संसद्को आयु कायम रहने सहमति गरेको हो ।

प्रतिनिधिसभा सदस्य मानोनयनका अघिल्लो दिन संसद्को आयु स्वतः समाप्त हुने संवैधानिक व्यवस्था रहे पनि प्रत्यक्षतर्फको उम्मेदवारी दर्तालाई मान्ने कि समानुपातिकको सूची मनोनयनलाई आधार मान्ने अन्योल थियो । निर्वाचन आयोगले समानुपातिक सूची २९ गते र प्रत्यक्षतर्फ कात्तिक ५ गते मनोनयनको दिन तोकेको छ ।

अन्नपूर्ण पोस्ट्

विशेष