राजनीति

काठमाडौंमा एमालेलाई ७ र माओवादीलाई ३ सीट बाँडफाँट

काठमाडौंमा एमालेलाई ७ र माओवादीलाई ३ सीट बाँडफाँट

काठमाडौं । एमाले र माओवादीले एक सातादेखि प्रयास गरे पनि निर्वाचन क्षेत्र र सिट बाँडफाँट टुंग्याउन सकेका छैनन् ।

सूर्य चिह्न लिएर निर्वाचनमा जाने सहमित सहित वाम गठबन्धनमा सामेल नयाँ शक्तिले पाउने सिटका विषयमा त छलफलसमेत भएको छैन । गठबन्धनमै आउने तयारीमा रहेका नेकपा माले र राष्ट्रिय जनमोर्चाले केन्द्र र प्रदेशमा पाउने क्षेत्र र सिटबारे पनि अन्योल छ । तीन दिनपछि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने भएकाले त्यसअघि नै क्षेत्र बाँडफाँट टुंग्याउनुपर्ने दबाब दलहरुलाई छ ।

कार्यदलका सदस्यसमेत रहेका एमाले नेता सुरेन्द्र पाण्डेले बुधाबर प्रदेश १ बाट छलफल सुरु गरिए पनि टुंगो नलागेको बताए । १ नम्बर प्रदेशबाट प्रारम्भिक छलफल सुरु भएको छ, उनले भने, केही जिल्लामा निष्कर्षनजिक पुगेका छौं, केही जिल्लाको टुंगो लगाउन बाँकी छ । बिहीबार फेरि छलफललाई निरन्तरता दिने गरी बैठक स्थगित भयो ।

काठमाडौंमा एमालेलाई ७ र माओवादीलाई ३ क्षेत्र

काठमाडौंका १० क्षेत्रमध्ये एमालेले ७ र माओवादी केन्द्रले ३ क्षेत्र लिने समझदारी भएको छ । कार्यदलका एक सदस्यका अनुसार प्रतिनिधिसभातर्फ एमालेले २, ३, ४, ५, ७, ८ र ९ तथा माओवादी केन्द्रले १, ६ र १० नम्बर निर्वाचन क्षेत्र लिने समझदारी बनेको छ । यसअघि माओवादीले ४ क्षेत्र दाबी गर्दै आएको थियो ।

नयाँ पत्रिका

विशेष