राजनीति

ओलीलाई भेटेर बाबुरामले भने - गोरखा नपाए गठबन्धनबाट बाहिरिन्छु

ओलीलाई भेटेर बाबुरामले भने - गोरखा नपाए गठबन्धनबाट बाहिरिन्छु

काठमाडौं । नयाँ शक्ति पार्टीका संयाजक डा.बाबुराम भट्टराई गोरखाबाटै चुनाव लड्ने भएका छन् ।

गोरखामा प्रतिनिधिसभाका दुवै सिट माओवादीले बाबुरामलाई नछाड्ने अडान राखिरहेका बेला बाबुरामले गोरखा नछाड्ने प्रष्ट पारेका छन् । एमालेको सूर्य चिन्ह लिएर उम्मेदवार बन्न लागेका बाबुरामलाई माओवादीले रोक्न खोजेपछि सिट बाँडफाँड गर्न गठित ईश्वर पोखरेल नेतृत्वको त्रिपक्षीय कार्यदलमा समस्या भएको छ ।

बाबुरामले गोरखा १ वा २ बाट चुनाव लड्ने बताएका छन् । माओवादीले गोरखा २ मा नारायणकाजी श्रेष्ठ उठाउने अडान लिएपछि बाबुराम १ मा भने पनि लड्न तयार थिए । उनी २०७० पनि गोरखा १ बाटै जितेका हुन् । तर, माओवादीले गोरखाका दुवै सिट नछाड्ने बताएको छ ।

सामाजिक संजाल ट्वीटरमा उनले आफू गोरखाबाट चुनाव लड्ने भन्दै स्टाटस लेखेका छन् । नभए आँखा चुनाव चिन्ह लिएर एक्लै भए पनि अघि बढ्न कार्यकर्ताको दबाब बढिरहेको छ । तर बाबुरामले गोरखा २ कुनै हालतमा छाड्दैनन् । नयाँशक्तिका एक नेताले बताए ।

नयाँशक्तिले खोटाङ, सिन्धुली, सप्तरी, रसुवा, ललितपुर, मकवानपुर, गोरखा, कपिलवस्तु, कैलाली लगायतका जिल्लामा प्रतिनिधिसभाको सिट दावी गरेको छ ।

विशेष