राजनीति

प्रचण्डलाई यस्तो सुराक पुगेपछि बाबुराम गोरखामा वञ्चित

प्रचण्डलाई यस्तो सुराक पुगेपछि बाबुराम गोरखामा वञ्चित

काठमाडौं । बामगठबन्धन र एकता घोषणासभामा एमाले अध्यक्ष केपी ओलीलाई साक्षी राखेर हस्तमिलन गरेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईका बीचमा पानी बाराबारको स्थिति सृजना भएको छ ।

माओवादी केन्द्रले आफूलाई अछुतजस्तो व्यवहार गरेको निश्कर्षमा पुगेका भट्टराई बामगठबन्धनबाट अलग हुने सम्भवना बढेको छ । गोरखा २ मा बाबुरामका लागि ठाउँ छाड्न माओवादी केन्द्र तयार नभएपछि उनी चिढिएका हुन् । गोरखामा बाबुरामलाई निषेध गर्न प्रचण्डलाई माओवादीका दोस्रो तहका नेताहरुले विशेष भूमिका निर्वाह गरेका हुन् । बाबुरामलाई बामगठबन्धनमा ल्याएर उनीसहितको समर्थनमा एकीकरण पछि सर्बमान्य नेता बन्ने प्रचण्डको चाहना थियो ।

त्यसैले उनले ओलीले भन्दा पहिले भट्टराईसँग गठबन्धनका लागि हात अघि बढाएका थिए । तर, पछिल्लो लेखाजोखामा बाबुराम हाबी हुने निश्कर्षमा प्रचण्ड पुगेको र, सोही कारण बाबुरामलाई शुरुमै निषेध गर्न खोजिएको बताइन्छ ।

प्रचण्डसम्म पुगेको सुराक

सम्भावित पार्टी एकतापछि को हावी हुने प्रश्न पेचिलो बनेको छ । प्रचण्ड र केपीकै बीचमा रजगजका लागि प्रतिष्प्रर्धा हुने अनुमान धेरैको छ । ओलीको स्वाश्थ्यस्थिति प्रतिकुल रहेकाले प्रचण्ड हाबी नै हुने निश्कर्ष माओवादीजनको छ । तर, एमालेजनले प्रचण्डलाई नेता मान्नुपर्ने स्थितिमा उनको बिकल्पमा बाबुरामले समर्थन प्राप्त गर्न सक्ने आंकलन माओवादीको दोस्रो पुस्तालाई हिसावकिताबसहित अर्थाएको बताइन्छ ।

पार्टी एकतापछि एमालेजनमा बाबुरामको बौद्धिकता र ज्ञान बढी बिकाउ र टिकाउ हुने तर प्रचण्ड खेलाडीका रुपमा आंशकाको घेरामा सदैब रहने हुँदा बाबुराम नै भाबी प्रतिष्प्रर्धीका रुपमा हेरिएको बताइन्छ । उनलाई अन्तराष्ट्रिय जगतले साथ दिने र सोको समेत लाभ लिँदै बाबुराम एमालेको बैकल्पिक नेतृत्व हुने निश्कर्ष माओवादी केन्द्रका नेताहरुले निकालेका छन् ।

बाबुरामसँग ओलीको हिमचिमले पनि माओवादी केन्द्र हच्किएको छ । बाम तालमेलमा बाबुरामलाई मिस्याउने सन्दर्भमा अन्तिममा प्रचण्ड पछि हटेका थिए । ओलीले अन्तिम समयमा अडान लिएपछि उनको नाम थपिएको थियो । उनको नाम थप्दापनि चलाखी गरिएको थियो । बरियताक्रम कम देखाउन लस्करै नाम राख्नुको साटो तल झारेर राखिएको थियो । ठाउँ हुँदा हुँदै पनि एक इन्टर हानेर बाबुरामको नाम तल पारिएको थियो ।

बाबुरामले भनेँ प्रचण्ड नौटंकीबाज

बाबुराम भट्टराईले आफू निकटका सँग पछिल्लो घटनाक्रमका बारेमा आन्तरिक छलफल गरिरहेका छन् । उनले निकटश्थहरुलाई प्रचण्डको नटवरलालजस्तो भन्दै कडा टिप्पणी गरेका छन् । प्रचण्डको हौसिने बानी रहेको र अहिले मैमत्ता भएको भन्दै बाबुरामले प्रचण्डसँग घूँडा टेक्न नसक्ने जनाए ।

उनले प्रचण्डले पहिला भूकम्पपछिको पूननिर्माण प्राधिकरणमा आफूलाई पहिले अघि सारेर पछि हटेको र अहिलेपनि उस्तै शैली अपनाएको बताएका थिए । प्रचण्डलाई बाबुरामको क्षमतासँग सधैँ भय रहँदै आएको भन्दै इतिहासका कैयौँ पाटा निकटस्थहरुसँग खोतलेका थिए ।

विशेष