राजनीति

माओवादी रणनीति : सरकार नछाड्ने, समर्थन पनि फिर्ता नलिने

माओवादी रणनीति : सरकार नछाड्ने, समर्थन पनि फिर्ता नलिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना मन्त्रीहरु फिर्ता नबोलाउने र सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने निर्णय गरेको छ ।

माओवादीले सरकार छाड्ने अधिकाँशले अनुमान गरिरहेको बेला सो पार्टीको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई उपप्रधानमन्त्रीसहित मन्त्री र राज्यमन्त्री गरी आठ जना थपेपछि धेरैले माओवादी सरकारबाट बाहिरिने अनुमान गरेका थिए । प्रधानमन्त्री देउवा स्वयं पनि माओवादी सरकारबाट बाहिरिने विश्वासमा थिए ।

तर माओवादी केन्द्रले सरकार नछाड्ने निर्णय गरेपछि प्रधानमन्त्री देउवाले अब के गर्छन् त्यो भने हेर्न बाँकी छ ।

 

विशेष