कम्युनिष्टबीचकाे एकताले कांग्रेसलार्इ कुनै असर गर्दैन: रक्षामन्त्री प्रधान
काठमाडाैँ । रक्षामन्त्री भीमसेनदास प्रधानले मुलुकलाई सम्पन्न बनाउनका लागि कांग्रेस र कम्युनिष्ट दुई राजनीतिक पार्टी मात्र हुनुपर्ने बताएका छन् ।
नागरिक सरोकार समाज तारकेश्वरको शुभकामना आदनप्रदान कार्यक्रममा मन्त्री प्रधानले न्यूनतम राजनीतिक विचार तथा कार्यक्रममा सहमति हुने पार्टीबीच एकता भए देशमा अस्थिरताको अन्त्य हुने बताए ।
उनले अब देशको उन्नतिका निम्ति क्षेत्रीय, जातीय र अन्य पार्टीबीच एकीकरण हुनुपर्ने बताए । नेपालका कम्युनिष्टबीचको एकताले कांग्रेसलाई कुनै असर नगर्ने भन्दै मन्त्री प्रधानले राणा शासनदेखि राजासम्मलाई फाल्ने कांग्रेस कम्युनिष्ट गठबन्धनसँग नडराउने बताए ।
संसदीय निर्वाचनमा आफूले क्षेत्र नं ६ बाट नै चुनाव लड्ने बताउँदै उनले भने,‘यो क्षेत्रमा मेरो निकै ठूलो योगदान र लगानी छ, त्यसेले यो क्षेत्रबाट म चुनाव लड्दै छु ।’