राजनीति

रेखा थापा राप्रपा प्रजातान्त्रिकको सहमहामन्त्रीमा मनोनित

रेखा थापा राप्रपा प्रजातान्त्रिकको सहमहामन्त्रीमा मनोनित

 

काठमाडौं । चर्चित नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को सहमहामन्त्रीमा मनोनित भएकी छिन् । उनलाई पार्टीको प्रवास विभागको समेत जिम्मेवारी दिइएको छ ।

उनी कमल थापा नेतृत्वको राप्रपा छाडेर पशुपतिसमशेर राणा नेतृत्वको पार्टीमा लागेकी थिइन् । उनीलाई पार्टीले प्रतिनिधिसभाका लागि काठमाडौं ४, ६ र सर्लाहीबाट उम्मेदवारसमेत सिफारिस गरेको छ ।

विशेष