राजनीति

निर्वाचन आयोगद्वारा मन्त्रिपरिषद बिस्तारका लागि अनुमति प्रदान, आज साँझ ७ बजे सपथ

निर्वाचन आयोगद्वारा मन्त्रिपरिषद बिस्तारका लागि अनुमति प्रदान, आज साँझ ७ बजे सपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरुको सपथ आज साँझ ७ बजे हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नियुक्त भएका कमल थापासहित अन्य आठ मन्त्रीहरुलाई सपथ खुवाउने नखुवाउने आशंका भइरहेका बेला साँझ ७ बजेका लाथि सपथ समय तोकिएको हो ।

राष्ट्रपति भण्डारीले निर्वाचन आयुक्तहरुसँग परामर्श गरेलगत्तै सपथको समय तय भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवालेले हिजो राप्रपा नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए । राप्रपा नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा विनाविभागीय मन्त्री नियुक्त भएका छन् । यस्तै कुन्ती साही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त भएका छन् । सबैको मन्त्रालय तोकिएको छैन ।

विशेष