राजनीति

बैद्यको विशेष पत्रकार सम्मेलन आज

बैद्यको विशेष पत्रकार सम्मेलन आज

काठमाडौं। मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आज विषेश पत्रकार सम्मेलन गर्ने भएको छ ।

अघिल्लो साता सम्पन्न पार्टीको पहिलो राष्ट्रिय सम्मेलनले पारित गरेका नयाँ नीति तथा सिद्धान्तहरु सार्वजनिक गर्न विषेश पत्रकार सम्मेलन गर्न लागेको बताइएको छ ।

उक्त सम्मेलनले यसअघि पार्टीको सर्वोच्च पद अध्यक्षलाई परिवर्तन गरी महासचिव बनाउने निणर्य गरे थियो । त्यही अनुरुप अहिले मोहन वैद्य पार्टीको महासचिव भएका छन ।

महासचिव मोहन वैद्य ‘किरण’लगायतका नेताहरुको उपस्थितिमा हुने पत्रकार सम्मेलनमा सम्पन्न राष्ट्रिय सम्मेलन, आगामी निर्वाचन र उम्मेदवारीलगायतका विषयमा जानकारी गराइने नेकपा क्रान्तिकारी माओवादीले जनाएको छ ।

विशेष