भिडियो कला साहित्य

चर्चित गायक आनन्द कार्की किन जनजातिसँग रिसाइरहेका छन् ? (भिडियोसहित)

चर्चित गायक आनन्द कार्की किन जनजातिसँग रिसाइरहेका छन् ? (भिडियोसहित)

 

काठमाडौं । विश्वका ७७ मुलुकमा संगठित गैरआवासीय नेपालीको सम्मेलन राजधानीमा सुरु भएको छ । सो अवसरमा विभिन्न निकायका प्रमुखहरुको उपस्थिति थियो । यस्तै सम्मेलनबाहिर भेटिए नेपालका चर्चीत गायक आनन्द कार्की । आनन्द कार्की एक समय नेपालका चर्चित तथा रुचाइएका गायक हुन् । उनले गाएका ‘यी हल्लाहरु हुन् तिमीले सुनेका...’ त्यसै गरी ‘लाग्छ मन हेरीरहूँ ... भन्ने गीतहरु चर्चित छन् ।

एनआरएनको सम्मेलनमा भेटिएका कार्कीले नेपालमा बस्ने नेपालीहरु मात्र टुक्रिएको तर विदेशमा बस्ने नेपालीहरु नेपालमा जातीय हिसावले देश टुक्रिएको देख्न नपाइयोस् भनेर सोच्छन् भन्ने विचार व्यक्त गरे । उनले भने, ‘म क्षत्री भएका कारण गीतसंगीतको कार्यक्रममा त्यति बोलाउन छाडिसके, देशमा राई, लिम्बु, गुरुङहरुको जनसंख्या धेरै भयो, उनीहरुले आफ्नै जातका मात्र बोलाउँछन् ।’ उनले क्षत्रीहरुको कार्यक्रम नै एकदमै कम मात्र हुन थालेको भनेर गुनासो पनि गरे ।

४० वर्षअगाडिदेखिकै गीतसंगीतहरुले अहिले पनि हरेक कार्यक्रममा स्थान पाइरहेको छ । नेपाल गीत संगीतमा निकै अगाडि बढीसकेको तर त्यही कुमारी नाच नै देखाउने चलनले गर्दा दिक्क भएका आनन्द कार्कीसँग भेटघाटका क्रममा गरिएको सानो कुराकानीको भीडीयो अंश ।

 

Ananda Karki

विशेष