कांग्रेस र लोकतान्त्रीक फोरमबीच अाज एकता हुँदै
काठमाडौं । नेपाली कांग्रेस र नेपाली लोकतान्त्रीक फोरमबीच एकता हुँदै छ । आइतबार बालवाटार प्रधानमन्त्री निवासमा बेलुकी कांग्रेस र लोकतान्त्रीक फोरम बीचको सहकार्यमा औपचारीक रुपले एकता हुने बताइएको छ ।
शनिबार बसेको व्यवस्थापिका संसदको अन्तिम बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई प्रश्न गर्दे भने, ‘सरकारलाई थप मन्त्री किन चाहियो र ? कुस्ती खेल्न त पक्कै होइन होला ।’ हिजोको समाप्त बैठकलगतै कांग्रसले बामपन्थीलाई चुनौती दिँदै एकता गर्नथालेको हो ।