राजनीति

८ मन्त्री थपिए, एक राज्यमन्त्री विदेशमा हुँदै नियुक्त

८ मन्त्री थपिए, एक राज्यमन्त्री विदेशमा हुँदै नियुक्त

काठमाडौ । उपप्रधानमन्त्री कमल थापासहित चार मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

मन्त्रिपरिषद् विस्तारले चुनावलाई असर नगर्ने निर्वाचन आयोगको रायपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुलाई सपथ दिलाएकी हुन् । दिलाउनु भएको हो । शनिबार शीतल निवासमा आयोजित समारोहमा राप्रपा अध्यक्ष थापाले उपप्रधानमन्त्रीको सपथ लिएका हुन् । सपथपछि राष्ट्रपति भण्डारीले उपपप्रधानमन्त्री थापालाई चुनाव राम्रोसँग सम्पन्न गर्न शुभकामना दिइन ।

लगतै मन्त्रीहरु जयन्तबहादुर चन्द, दिलनाथ गिरी र विक्रमबहादुर थापाले पनि सपथ लिए ।  त्यस पछि प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त राज्यमन्त्रीहरुलाई पनि सपथ गराएका थिए । राप्रपाका तर्फबाट राज्यमन्त्री बनेकी कान्ता भट्टराई विदेशमा रहेका कारण उनी सपथ ग्रहणमा उपस्थित भइनन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाबाट उपप्रधानन्त्री, तीन मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेका थिए । नवनियुक्त मन्त्रीहरूको मन्त्रालय भने तोकिएको छैन । यससँगै देउवा सरकार ६४ सदस्यीय भएको छ ।

विशेष