राजनीति

गएरातिदेखि पूर्व उपसभामुख भएका यादव एमाले प्रवेश गर्दै

गएरातिदेखि पूर्व उपसभामुख भएका यादव एमाले प्रवेश गर्दै


काठमाडौं । गएरातीबाट निवृतमान बनेका उपसभामुख गंगाप्रसाद यादव एमालेमा प्रवेश गरेका छन् । उनी एमालेमा प्रवेश गर्ने सहमति भइसकेको र औपचारीक रुपमा आज एमालेमा प्रवेश गरेको घोषणा हुने एमालेले जनाएको छ ।

राप्रपा नेपालका नेता तथा निवर्तमान उपसभामुख यादव नेकपा एमाले प्रवेश गर्नुअघि अरु राप्रपा कार्यकर्ता पनि आउन चाहेकाले त्यसमा छलफल भइरहेको छ ।

यसअघि उपभासमुख भएकाले प्रवेश गर्न अप्ठ्यारो भएपनि निधो भने दशैअघि नै लागेको थियो । यादवलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयमा आज औपचारीक कार्यक्रम गरि प्रवेश गराउने कार्यक्रम रहेको छ ।

विशेष