प्रवास भिडियो

खाडी मुलुकमा जसरी श्रमिक पठाउने गरिएको छ, त्यसमा पुनरावलोकन हुनै पर्छ (भिडियोसहित)

खाडी मुलुकमा जसरी श्रमिक पठाउने गरिएको छ, त्यसमा पुनरावलोकन हुनै पर्छ (भिडियोसहित)

 

काठमाडौं । विमल सुवेदी एनआरएनए आईसीसीको कतारका नवनिर्वाचित सदस्य हुन् । पोखरा नगरपालिका– ३० स्थायी घर भएका सुवेदी नेपाली जनसम्पर्क समिति कतारका निवर्तमान सभापति पनि हुन् ।

नेपाली जनसम्पर्क समिति कतारको सभापति हुँदा नेपाली कामदारको पक्षमा विशेष भूमिका निर्वाह गरेका र समाजसेवामा रुचाउने सुवेदी अहिले एनआरएनएको सम्मेलनमा काठमाडौं आएका छन् । उनीसँग नेपाल आजले गरेको भिडियो कुराकानीको सम्पादित अंश उनकै शव्दमा

–एनआरएनएले १४ वर्ष पार गरेर १५ वर्ष टेकेको छ । अब एनआरएनले गुणात्मक फड्को मार्न सक्नु पर्छ । एनआरएनलाई नेपालको विकासको अवधारणासँग पनि जोड्नु पर्छ ।

–मलाई लाग्छ, एनआरएनए श्रमिक मैत्री हुनुपर्छ । श्रमिकका हरेक मुद्धा र समस्यामा एनआरएनएले विशेष भूमिका खेल्नु पर्छ । प्रवासमा रहेर पनि देशका लागि केही काम गरेका छौं है भनेर देखाउन सक्नु पर्छ ।

– खाडी मुलुक नेपालका मध्यम वर्गको गन्तव्य मुलुक हो । खाडी मुलुकमा नेपालीले आफ्नो योग्यताअनुसार काम पाउँछन् । त्यहाँ उनीहरुले आफ्नो व्यवसाय पनि सञ्चालन गरिरहेका छन् । तर खाडी मुलुकमा नेपालीहरुले दुःख पनि पाइरहेका छन् । उनीहरुलाई वैदेशिक रोजगारीमा पठाउने एजेन्सीका कारण उनीहरुले दुःख पाइरहेका छन् । उनीहरु सुरुमा नेपालमै ठगिएका हुन्छन्, त्यसपछि खाडी मुलुकमा ।

–मलाई लाग्छ, नेपाल र खाडी मुलुकबीच श्रम सम्झौता भएको अवस्थामा श्रमिकले दुःख पाउँदैनन् । श्रम सम्झौता हुन नसकेकैले उनीहरुले दुःख पाएका हुन् । वास्तवमा अहिले जसरी श्रमिकहरु खाडी मुलुकमा पठाउने गरिएको छ, त्यसमा पुनरावलोकन हुनै पर्छ । नत्र यस्ता समस्या आइरहन्छन् सीटीईभीटीमा पढेका मान्छेलाई त्यहीँबाट पठाउने हो भने यस्तो समस्या आउँदैन, दक्ष मान्छे जान्छन्, उनीहरुले दुःख पनि पाउँदैनन् । वास्तवमा अहिले जसरी नेपाली कामदारलाई खाडी मुलुक पठाइएको छ त्यसमा नै त्रुटी छ, त्यसलाई सुधार गर्नुपर्छ ।

–एनआरएनएमा आफै सक्षम भएर आउनुपर्छ । जसले जिते पनि एनआरएनकै भिजनलाई अगाडि बढाउने मान्छे आउनुपर्छ ।

विशेष