राजनीति

प्रधानमन्त्री देउवाले १० वर्ष पछि गच्छदारलाई घरमा भित्र्याए

प्रधानमन्त्री देउवाले १० वर्ष पछि गच्छदारलाई घरमा भित्र्याए

काठमाडौं । नेपाली काँग्रेसबाटै छुट्टिएर काँग्रेसका तत्कालिन नेता विजयकुमार गच्छेदारको नेतृत्वमा गठन भएको नेपाल लोकतान्त्रिक फोरम १० बर्षपछि पुन नेपाली काँग्रेसमै गााभिएको छ ।

गच्छदारको नेतृत्वमा गठन भएको पार्टी पटकपटक फुट्दै र जुट्दै आएपनि अब भने नेपाली काँग्रेसमै विलय भएको हो । नेपाली काँग्रेससँग एकता पछि गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक नेपाली काँग्रेसमै पूर्ण रुपमा विलय हुने छ । नेपाली काँग्रेसमा एकतापछि विभिन्न हैसियतमा रहेका लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताहरुलाई हैसियत अनुसारको पद र जिम्मेवारी दिइने सहमति भएको छ।

लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदार, जीतेन्द्र देव सहितका केन्द्रीय उच्च नेतृत्वले काँग्रेसमा सम्मानजनक भुमिका पाउनेछन् । लोकतान्त्रिक फोरमका नेता योगेन चौधरी सहितका केहि भने अझै एकिकरण प्रक्रियामा असन्तुष्ट रहेको बताइए पनि उनीहरुलाई पनि गच्छदार सहितका नेताहरु पार्टी एकिकरण प्रक्रियामा सहभागि गराउन कसरत गरिरहेका छन् ।

पार्टी एकता घोषणा कार्यक्रममा नेपाली काँग्रेसका शिर्ष नेताहरु केन्द्रिय समितिका पदाधिकारी र केन्द्रिय सदस्यहरु र विभिन्न तहका नेता कार्यकर्ताहरु उपस्थित थिए ।
एकता घोषणा कार्यक्रममा आउँदा काँग्रेस सभापति देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारलाई कार्यकर्ताहरुले ताली वजाएर स्वागत गरेका थिए ।
१० बर्षपछि गच्छदारलाई पार्टीमै ल्याउन पाउँदा देउवा निकै खुसी देखिन्थे ।

विशेष