राजनीति

गिरीजाप्रसादलाई सम्झेर रोए गच्छदार, तीन बुँदे सहमति

गिरीजाप्रसादलाई सम्झेर रोए गच्छदार, तीन बुँदे सहमति


काठमाडौं । विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समायोजन भएको छ।

आज बालुवाटारमा आयोजित एक कार्यक्रममा दुई पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छः

संविधानलाई थप लोकतान्त्रिक बनाउने।

आगामी निर्वाचनमा संविधान संशोधनलाई साझा मुद्दा बनाउने।

थारु, मधेस तथा राजनीतिक आन्दोलनका क्रममा जेल परेकाहरुलाई रिहा गर्ने।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै गच्छदार भावुक बनेका थिए। ‘गिरिजाप्रसाद दाजुले रोक्दारोक्दै पनि दश वर्ष अघि यही बालुवाटारबाट म बाहिरिएको थिएँ’ भन्दै गच्छदार रोएका थिए। उनले आफूलाई सम्हाल्दै थपे, ‘दश वर्षअघि जुन ठाउँबाट बाहिरिएको थिएँ, त्यहीँबाट पुनः प्रवेश गर्न पाउँदा खुसी लागेको छ।

गच्छदारले राजनीतिमा ध्रुबिकरण बढेको भन्दै लोकतन्त्रलाई थप सुदृढ बनाउन कांग्रेस प्रवेश गरेको बताए। उनले आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने पनि दाबी गरे।

 

विशेष