माया नगरीमा एक रात
न्युयोर्क । टाइम स्क्वायरको भीडभाडको एउटा कुनामा उभिएका दुई किशोरीको कम्मरमाथि कुनै वस्त्र थिएन ।
सायद अमेरिकामा उनीहरूलाई निर्लज्ज भन्नु नै लाजमर्दो हुन्थ्यो । बरू हामीले चिहाएर हेर्नुचाहिँ लज्जास्पद ठहथ्र्यो । रेगुलर भन्ने शब्द प्रसिद्ध छ अमेरिकामा । रेगुलर अर्थात् सामान्य रूपमा आममानिसले प्रयोग गर्ने कुरा । अमेरिकामा अनेक प्रकारका कफी पाइन्छन्, अनेक थरी बियर पाइन्छन् । तर, रेगुलर भनेपछि त्यो चलनचल्तीको कुरा ठहर्छ । त्यहाँका लागि स्ट्रिटमा भेटिने यस्ता टपलेसहरू पनि ुरेगुलरुभित्रका एक अंश हुन् । बरू फुटपाथमा रुमाल फिँजाएर मागिरहेका किशोरीको दिनचर्या भने आश्चर्यलाग्दो ।
जब लस भेगासमा पनि यस्तै दृश्य दोहोरिए अनि लाग्यो, अमेरिकामा नांगा वक्षस्थलको मूल्य यति सस्तो रहेछ । दुई किशोरी मध्य सडकमा कसिला वक्ष हल्लाउँदै मुस्कुराइरहेका थिए । उनीहरूमा न कुनै संकोच थियो, न सरम । उनीहरू दर्शकतिर संकेत गर्दै आफ्ना अंगतिर आकषिर्त गराइरहेका थिए । पंक्तिकारले सोध्यो, यसको उद्देश्य के हो, मनोरञ्जन कि व्यवसाय रु एउटीले भनी, महाशय १ यो मनोरञ्जन पनि हो र व्यवसाय पनि तर दुवै आंशिक। फुर्सदका बेला यसो पकेट खर्च जम्मा गर्न हामी यसो गर्छौं । पकेट खर्च कमाउने तरिका पनि कस्तो विचित्रको ?
अलि पर दुई अश्वेत कन्या पनि यसरी नै छाती खोलेर आफ्नो कामुकता देखाइरहेका थिएपकेट खर्चु कमाउन । के केटाकेटी, के बालवृद्ध रु सबै उनीहरूलाई अँगालो हालेर फोटो खिचाउँदा गौरवको अनुभूति गर्थे र वालेटबाट निकालेर एक-दुई डलर भुइँमा झार्थे । किशोरीहरू फेरि मुस्कानका साथ त्यस दातालाई गम्लंग बेर्थे, बाहुपासमा । यसरी उनीहरूका बीचमा उभिएर फोटो खिचाउनेहरूको भीड बाक्लिँदै जान्थ्यो ।
मनोरञ्जनका लागि विश्वकै राजधानी भेगास । पर्यटनको विश्वप्रसिद्ध गन्तव्य भेगास । सन् १९०५ मा स्थापित भई १९११ मा आधिकारिक रूपमा सहरीकरण भएको र बीसौँ शताब्दीको अन्त्यमा अमेरिकाकै सबैभन्दा घना जनसंख्या भएको सहर । सौन्दर्य र सेक्सले उदात्त, फिल्म र टेलिभिजनको केन्द्रस्थल अनि युवा पुस्ताका लागि मनोरञ्जनका यावत् स्वतन्त्रता भएको सिन सिटीका नामले प्रख्यात भेगास । सुरा र सुन्दरीले भरिएको उन्मत्त रात । जताततै बिजुलीको उज्यालोमा नुहाएकाले उज्यालोको सहरु भनेर परिचित भेगास । मगन्ते र दाताको संगम । पकेट खर्च कमाउनेहरूको विचित्र भीड ।
यसबाहेक यो सहर पारपाचुके र आत्महत्या गर्नेहरूमा संख्याका हिसाबले अमेरिकाकै पहिलो नम्बरमा पर्छ । नेभाडा राज्य अन्तर्गत पर्ने लस भेगास जति नै रंगीन र उज्यालोको सहर कहलिए पनि वरिपरि शूष्क मरुभूमिले ढाकिएको अमेरिकाकै पहिलो सहर हो । तैपनि, यहाँ सुरा, सुन्दरी र मनोरञ्जनको शीतलता ताप्न विश्वभरिका पर्यटक ओइरिन्छन् । यसमा पनि छिमेकी हवाईबाट आउने पर्यटकको संख्या उल्लेख्य छ । यहाँ निवृत्त जीवन बिताउने अमे रिकीको संख्या पनि अन्य राज्यको तुलनामा धेरै छ ।
त्यस रात थरीथरीका आंशिक व्यवसायी देखिन्थे, सडकका छेउकुनातिर । यौवनको बिस्कुन फिँजाउनेको मात्र होइन, विशुद्ध कला नै प्रस्तुत गर्नेको पनि जमात थियो, त्यहाँ । कोही कोही सानो मञ्च बनाएर बिटल्स शैलीमा गाउँदै मच्चिरहेका देखिन्थे, काँधमा गिटार भिरेर । कुनै व्यावसायिक कलाकारभन्दा कम लाग्दैनथ्यो, उनीहरूको प्रस्तुति। सायद भाग्यको प्रतिस्पर्धामा हारेर होला, उनीहरू सेलिब्रिटीको प्रख्यातिमा चम्किनु साटो भेगासको गल्लीमा हल्लिरहेका थिए । उनीहरूको प्रस्तुति हेर्दा र सुन्दा कतै लाग्दैनथ्यो, उनीहरू फुटपाथे कलाकार हुन् । तर, वास्तविकता उनीहरू त्यहाँभन्दा माथि उक्लिन सकिरहेका छैनन् भन्ने देखिन्थ्यो । थोरै मानिस, थोरै कमाइ । सायद यो पनि आंशिक साधना थियो, पकेट खर्च बटुल्ने ।
चटक देखाउनेहरूको व्यवसाय पनि राम्रै चलेको देखिन्थ्योे । ठ्याक्कै दक्षिण एसियाली देशका चटकेजस्तै लाग्थे उनीहरू । तर, यताका भन्दा परिस्कृत । एउटा जवान जीउभरि डोरी बाँधेर उभिएको थियो । भन्दै थियो, जति दाम त्यति काम । अर्थात्, पैसा फेंको तमासा देखो उसले डलरको थाक अलि चुलिएपछि शरीरको १० ठाउँमा गाँठो पारेको डोरी छ मन्तर गरेझैँ एकै झमटमा खुस्काउँछ । दर्शकहरू तालीको गडगडाहटसँगै फेरि खल्तीको अन्तरकुन्तर खोतल्न थाल्छन् ।
यस्ता चटकेहरू त त्यहाँका गल्लीगल्लीमा छ्यासछ्यासी भेटिन्थे । यहाँ बढेबढे जादुगरले ठूल्ठूला मञ्च बनाएर देखाउने तमासा त्यहाँ फुटपाथमै निस्शुल्क प्रस्तुत भइरहेको थियो । मुस्किले २० डलर पनि कमाउन धौधौ पथ्र्यो बिचराहरूलाई । तर, बढो निष्ठा र लगनका साथ लागेका देखिन्थे उनीहरू । घुम्दै जाँदा एक ठाउँमा दुई सर्कसका चटकेहरू देखिए, अश्वेत । उनीहरू आफ्नो शरीरका अंगहरूलाई यसरी बटार्थे मानौँ त्यो हड्डी र नसाले होइन, बेतले बनेको हो । शरीर पिटिक्कै भाँचिएला जस्तो हुन्थ्यो तर उनीहरू आफ्नो शरीरलाई उल्टो रिङ बनाएर घुमाउँथे, बिनाकुनै कष्ट । त्यहाँ मान्छेमाथि मान्छे चढाएर शरीरलाई आसनमा प्रस्तुत गर्ने लिखुरेदेखि पहलमान शरीरकासम्म बरोबर भेटिन्थे । यो पनि माग्नेहरूकै खेल ।
बियर बेच्ने सुकन्याहरूको कला पनि वर्णनयोग्य थियो । जति धेरै बियर बेच्यो, त्यति कमिसन र टिप्स आउने देशमा थप कला प्रदर्शन गर्नु स्वाभाविकै हो । त्यहाँको अघोषित मान्यता अनुसार २० प्रतिशत टिप्स दिनैपर्ने । यस्तोमा पारिश्रमिकभन्दा ठूलो आधार टिप्स हुँदो रहेछ । अनि, ती सुकन्या टिप्सका लागि नमर्किने कुरै भएन । पसलछेउमा भीड बाक्लिन थालेपछि एउटी भाटाजस्तो शरीर भएकी कुमारी त्यही पसलको सतहमा उक्लिन्थी र टु पिसमा थर्किन थाल्थी। मानिसहरू उसको शरीर र हाउभाउको मातमा डुबेर बियर तन्काउन थाल्थे । बियर पिइरहेछन् कि किशोरीको शरीरको केमेस्ट्री रु बुझ्न अलि कठिनै थियो । तर, यो पनि एउटा कला थियो र स्वाभाविक प्रस्तुत भइरहन्थ्यो ।
त्यहाँ यसरी समय व्यतीत गर्ने अनेकौँ माध्यम भेटिए । तर, मुख्य तीन थोक थिए त्यहाँ जुवा, जवानी र नशा । अमेरिकाको यो सहरमा मात्र हातमा बियरको बोतल बोकेर हिँड्ने स्वतन्त्रता छ, पथप्रदर्शक महेश न्यौपाने भन्दै थिए । नभन्दै खुलेआम बियर घुट्क्याउँदै हिँडिरहेका देखिन्थे, जवानहरू बीच सडकमा । धपक्क बलेको रंगीन सहरमा यौवनले थचक्क बसाउने अनेकौँ दृश्यावली हेर्न पाइन्थ्यो । एउटी केटी आफ्नी केटी साथी रिसाएर हिँडेकीमा उन्मत्त नशामा दौडिरहेकी देखिन्थी, त्यसलाई पच्छ्याउँदै । सायद ती समलिंगी थिए । आँखाका नानीहरू फरफराउँथे, यस्ता रंगीन दृश्य र पात्रहरू हेर्दा ।
सहर स्वयं यौवन र मदिराको नशामा चुर्लुम्म डुबेको देखिन्थ्यो । अर्को नशा जुवा थियो । भेगासमा यो नशा अझ चुलीमा पुग्थ्यो । जुवाका खालवरिपरि नवयौवना वेटरहरू बिराली चालमा अर्धनग्न शरीर मर्काउँदै हातमा बियर र वाइनका बोतलहरू बोकेर ग्राहकको सन्तुष्टि पूरा गर्न ओहोरदोहोर गरिरहन्थे। जुवा खेल्नेहरू हार र जित दुवै अवस्थामा पागल हुन्थे । हेर्दाहेर्दै एउटी एसियन युवती एक डलरबाट थालेको जुवा एक हजार डरल जितेर मात्तिन्छे । क्यासिनो नै थर्किने गरी चिच्याउँदै आफ्ना इष्ट देवीदेवताको नाम लिन्छे अनि ुकछाडु लगाएकी वेटरको हातबाट बियर उठाएर घटघटी पिउँछे र नाच्दै निस्किन्छे । उसलाई त्यतिखेर दुनियाँका सबै खाले नशा चढेको भान हुन्थ्यो ।
जति जति रात बित्दै जान्थ्यो, त्यति त्यति भेगास जवान हुँदै जान्थ्यो । वृद्धवृद्धादेखि युवासम्म एकनास त्यस सहरको नशामा चुर्लुम्म डुबेका देखिन्थे। स्वर्गका परीहरूको कल्पना गर्ने पूर्वीयहरूका लागि त्यो साँच्चै अप्सराहरू बसेको पृथ्वीको स्वर्गको अनुभूति हुन्थ्यो । इन्द्रको दरबारकी एउटी अप्सरा मे नकाले विश्वामित्र ऋषिको मात्र तपस्या भंग गरेकी थिई । तर, यहाँ त अनेकौँ अप्सराहरू भेटिन्थे र अनेकौँ ऋषिहरूको तपस्या क्षणक्षणमा भंग गरिरहन्थे। समग्रमा मायावी नगरी यो । यस्तो आनन्ददायी नगरीलाई ुसिन सिटीु अर्थात् पापीहरूको सहर किन भनियो होला१ यसमा भने उदेक लाग्छ ।
– रमण घिमिरे