राजनीति

एमाले स्थायी समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

एमाले स्थायी समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौ । एमाले स्थायी समितिको आज बैठक दिउँसो गोकर्ण रिसोर्टमा बस्नेभएको छ ।

पहिलो एजेण्डामा मंसीर १० र २१ गते तोकिएका प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा पार्टीको तयारी र उम्मेद्वारवारे छलफल हुनेछ । एमाले र बामपन्थी गठबन्धनको पक्षमा दुई तिहाई मत ल्याउने उदेश्यका साथ सन्तुलन, योगदान र बिज्ञतालाई समेत हेरेर उम्मेद्वारको छनौट गरिने छ । प्रत्यक्ष र समानुपातिक दुबैमा यो मापदण्ड लागू हुनेछ ।

त्यसैगरि, दोश्रो एजेण्डा बाम तालमेल र एकता रहेको छ । एमाले र माओवादी केन्द्रबीच असोज १७ मा भएको निर्वाचन तालमेल र लगत्तै एकता गर्ने सहमतिपछि बनेका समितिहरुका रिपोर्टको प्रस्तुती र वहस हुनेछ ।

६० र ४० को अनुपात मिलाउँदा कसरी मिलाउने, त्यस वारेमा माओवादी केन्द्रबाट आएको प्रस्तावलाई समेत ध्यानमा राखेर निर्णय गरिने छ । समानुपातिकका लागि दलहरुले निर्वाचन आयोगमा वन्द सूची बुझाएका भएपनि त्यसमा पुनरावलोकन गर्ने समयभित्र आफ्ना सदस्यहरुको टुँगो लगाउनेबारेमा पनि बैठकमा छलफल हुँदैछ ।

विशेष