चुनाव सार्ने तयारी गरेको सूचना पाएपछि माओवादीले सरकार नछोड्ने
काठमाडौं : निर्वाचन आयोगबाट सरकारले चुनाव सार्ने सूचना प्राप्त गरे लगत्तै माअाेवादीले सरकार नछोड्ने निर्णय गरेकाे छ । माओवादी नेता एवम् गृहमन्त्री जनार्दन शर्माले निर्वाचन अायाेगबाट सरकारले चुनाव सार्ने सूचना प्राप्त भएकाले पार्टीले सरकार नछाेड्ने निर्णय गरेको बताएका छन् ।
मंगलबार दिउँसो मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री शर्माले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीलाई हटाएर चुनावको मिति सार्ने तयारी गरेको सूचना निर्वाचन आयोगबाट प्राप्त भएपछि पार्टीले तत्काल सरकार नछोड्ने निर्णय गरेको बताएका हुन् ।